LekhapadhiHub Legal documents made easy
Chrome / Edge

ब्राउजर एक्सटेन्सन — राख्ने र जोड्ने

कुनै पनि घरजग्गाको पानामा गएर एउटा थिचाइमा सूचना पेश गर्नुहोस्। पानामा लेखिएका कुरा आफैँ भरिन्छन्; पुर्जा तपाईंले हाल्नुहुन्छ। पाँच मिनेटमा तयार हुन्छ।

एक्सटेन्सन फाइल
४० KB · 2026-10-02 मा बनेको · lekhapadhihub.com मा मात्र पठाउने गरी बनाइएको
डाउनलोड गर्नुहोस्

राख्ने तरिका

Chrome Web Store मा पुग्नुअघि यसरी राख्न सकिन्छ — यो तरिका Chrome कै आफ्नै हो।

zip अनजिप गर्नुहोस्

डाउनलोड भएको फाइलमा दायाँ थिचेर Extract All (वा Unzip)। एउटा फोल्डर बन्छ — त्यही फोल्डर चाहिन्छ, zip होइन। त्यो फोल्डर नमेट्नुहोस्: Chrome ले हरेक पटक त्यहीँबाट पढ्छ।

Chrome मा chrome://extensions खोल्नुहोस्

ठेगाना पट्टीमा यही लेखेर Enter। (Edge मा edge://extensions।)

chrome://extensions
Extensions Developer mode
दायाँ माथिको Developer mode अन गर्नुहोस्

अन गरेपछि माथि तीनवटा नयाँ बटन देखिन्छन्।

Load unpacked थिचेर फोल्डर छान्नुहोस्

अनजिप गरेको फोल्डर छान्नुहोस् — त्यसभित्र manifest.json हुनुपर्छ। सकिएपछि सूचीमा LekhapadhiHub देखिन्छ।

Load unpackedPack extensionUpdate
LekhapadhiHub — घरजग्गा पेश
1.0.0
टुलबारमा टाँस्नुहोस् (ऐच्छिक, तर सजिलो)

ठेगाना पट्टीको दायाँ रहेको थिचेर LekhapadhiHub को छेउमा पिन लगाउनुहोस् — अनि चिन्ह सधैँ देखिन्छ।

खातासँग जोड्नुहोस्

चिन्ह थिचेर जोड्न सुरु गर्नुहोस् थिच्नुहोस्। एक्सटेन्सनले ६ अक्षरको कोड देखाउँछ र यही साइट खोल्छ। लगइन गरेपछि उही कोड देखिन्छ — मिल्यो भने जोड्नुहोस् थिच्नुहोस्।

एक्सटेन्सनlekhapadhihub.com
7UG3S6 7UG3S6

कोड नमिले वा तपाईंले आफैँ सुरु नगरेको भए अस्वीकार गर्नुहोस्।

पहिले लगइन गर्नुहोस्

पहिलो पटक चलाउँदा

  1. कुनै घरजग्गाको पानामा जानुहोस् — आफ्नै साइट होस् वा अरूको।
  2. LekhapadhiHub को चिन्ह थिच्नुहोस्। शीर्षक, मूल्य, जिल्ला, वडा, किसिम र फोटो आफैँ भरिन्छन्।
  3. जिल्लाको तल हरियो अक्षरमा ✓ जिल्ला · स्थानीय तह देखियो कि हेर्नुहोस्। रातो देखिए नाम नेपालीमा सच्याउनुहोस्।
  4. क्षेत्रफल हाम्रै ढाँचामा लेख्नुहोस् — रोपनी भए ०-४-२-०, बिघा भए ०-५-१०। पानामा जे लेखिएको थियो त्यो तल सङ्केतमा देखिन्छ।
  5. पुर्जा, कित्ता नं. र धनीको नाम हाल्नुहोस्। यी पानामा हुँदैनन्, र यिनै जाँचिन्छन्।
  6. राख्न चाहेका फोटोमा मात्र टिक राख्नुहोस्, अनि पेश गर्नुहोस्।

पेश भएपछि कोड (GJ-XXXXXX) देखिन्छ। कार्यालयले पुर्जा हेर्छ; ठीक भए घरजग्गा बजार मा प्रकाशित हुन्छ र तपाईंको पानामा प्रमाणित चिन्ह चल्न थाल्छ।

यसले के गर्न पाउँछ, के पाउँदैन

पाउँछ
  • तपाईंले चिन्ह थिचेको बेला, त्यही एउटा पाना पढ्न
  • तपाईंकै नाममा घरजग्गा सूचना पेश गर्न
  • जडान टोकन यही ब्राउजरमा राख्न
पाउँदैन
  • तपाईंको पासवर्ड देख्न — कहिल्यै
  • कागजात, सेवाग्राही, भुक्तानी वा सेटिङ छुन
  • तपाईंले नथिचेका पाना वा अरू साइट पढ्न
  • lekhapadhihub.com बाहेक अन्त कतै पठाउन

जोडाइ किन सुरक्षित छ — एक्सटेन्सन सबैले खोलेर पढ्न मिल्ने कोड हो, त्यसैले त्यसमा कुनै गोप्य कुञ्जी राखिँदैन। ब्राउजरले आफ्नै गोप्य अक्षर बनाउँछ, हामीलाई त्यसको hash मात्र पठाउँछ, र ६ अक्षरको कोड देखाउँछ। तपाईं यहीँ, आफ्नै लगइनबाट त्यो कोड हेरेर स्वीकृत गर्नुहुन्छ। कसैले कोड मात्र देख्यो भने पनि टोकन पाउँदैन — त्यसका लागि ब्राउजरसँगको गोप्य अक्षर चाहिन्छ।

जडान प्रोफाइल → ब्राउजर एक्सटेन्सन बाट जहिले पनि हटाउन सकिन्छ। हटाउनासाथ त्यो ब्राउजर रोकिन्छ — एक्सटेन्सन मेट्नु पर्दैन।

“Pack extension” ले एउटै फाइल बनाउन मिल्छ?

chrome://extensions को Pack extension बटनले .crx फाइल र .pem कुञ्जी बनाउँछ — बन्छ त, तर त्यो .crx तानेर Chrome मा हाल्न मिल्दैन। Chrome ले सन् २०१९ देखि Web Store बाहेकका .crx थप्न दिँदैन; तान्दा “Extensions can only be added from the Chrome Web Store” भन्छ वा चुपचाप हट्छ।

त्यसैले अहिलेका लागि Load unpacked नै बाटो हो। .crx दुई अवस्थामा मात्र काम लाग्छ:

.pem फाइल कसैलाई नदिनुहोस् र नहराउनुहोस्। त्यही कुञ्जीले यो एक्सटेन्सन “हो” भनेर चिनाउँछ — अरूको हात पर्‍यो भने तिनले यसकै नाममा नयाँ संस्करण बनाउन सक्छन्; हरायो भने ID फेरिन्छ र पुरानो जडान तोड्नुपर्छ। zip भित्र हामी त्यो कहिल्यै राख्दैनौँ।

सबैले सजिलै राख्न पाउने गरी Chrome Web Store मा राख्ने काम बाँकी छ। त्यो भएपछि यही पानाबाट एकै थिचाइमा राख्न मिल्नेछ।

अड्कियो भने

चिन्ह थिच्दा “यो पानाबाट पढ्न मिल्दैन” भन्छ

ब्राउजरको आफ्नै पाना (नयाँ ट्याब, chrome:// को पाना, PDF) पढ्न मिल्दैन। कुनै साधारण वेबसाइटको पानामा गएर फेरि थिच्नुहोस्।

“पाना पढ्न अनुमति भएन” भन्छ

एक्सटेन्सन राख्नुअघि नै खुलेको पाना हो। पाना एकपटक रिफ्रेस गरेर फेरि थिच्नुहोस्।

कोड देखियो तर साइटमा केही भएन

कोड १० मिनेट मात्र चल्छ। समय नाघेको भए एक्सटेन्सनमा फेरि “जोड्न सुरु गर्नुहोस्” थिच्नुहोस्।

जिल्ला रातो अक्षरमा “चिनिएन” भन्छ

जिल्लाको नाम नेपालीमा लेख्नुहोस् — जस्तै काठमाडौं, ललितपुर, कास्की। चन्द्रबिन्दु भए पनि नभए पनि चिनिन्छ।

क्षेत्रफल “ढाँचा मिलेन” भन्छ

रोपनी-आना-पैसा-दाम चार अङ्कमा (०-४-२-०), बिघा-कट्ठा-धुर तीन अङ्कमा (०-५-१०)। वर्ग फिट वा वर्ग मिटर भए इकाई बदलेर सङ्ख्या मात्र लेख्नुहोस्।

फोटो आएनन्

केही साइटले आफ्ना फोटो अर्कै ठाउँबाट देखाउँछन् र बाहिर दिँदैनन्। त्यस्तोमा फोटोबिनै पेश गर्नुहोस् — कार्यालयले पुर्जा हेरेर नै निर्णय गर्छ।

“यो ब्राउजर जोडिएको छैन” भन्छ

जडान हटाइएको छ वा खाता निष्क्रिय छ। फेरि जोड्नुहोस्; नभए सहायतामा सम्पर्क गर्नुहोस्।

Load unpacked गर्दा “Default locale was specified, but _locales subtree is missing” भन्छ

पुरानो फाइल हो। माथिबाट फेरि डाउनलोड गरेर नयाँ फोल्डरबाट Load unpacked गर्नुहोस् — यो समस्या हटिसक्यो।

Load unpacked गर्दा “Could not load manifest” भन्छ

अनजिप गर्दा भित्री फोल्डर परेको हुन सक्छ। छानेको फोल्डरमै manifest.json देखिनुपर्छ; नदेखिए एक तह भित्रको फोल्डर छान्नुहोस्।

zip फाइलै Load unpacked गर्न खोज्दा केही हुँदैन

Load unpacked ले फोल्डर मात्र लिन्छ, zip लिँदैन। पहिले अनजिप गरेर बनेको फोल्डर छान्नुहोस्।

बनाएको .crx फाइल तान्दा Chrome ले लिँदैन

Chrome ले Web Store बाहेकका .crx थप्न दिँदैन — यो Chrome कै नियम हो, फाइल बिग्रिएको होइन। Load unpacked नै प्रयोग गर्नुहोस्।

गोपनीयता नीति साझेदार API सहायता