नागरिक लगइन, कर्मचारी–पदाधिकारी सूची, र पुर्जासहित घरजग्गा प्रमाणीकरण।
यो API ले अभिलेखमा खोज्न दिँदैन। नागरिकता नम्बर हालेर नाम फिर्ता पाउने कुनै ठेगाना छैन, र हुने छैन — त्यस्तो सुविधा नम्बर मिलाउँदै जाने बाटो बन्छ। बरु तपाईंले व्यक्तिलाई सोध्नुहुन्छ: हामी निजकै नम्बरमा सन्देश पठाउँछौँ, निजले हाम्रै पानामा OTP हालेर के-के दिने भन्ने टिक लगाउनुहुन्छ, अनि मात्र तपाईंले पाउनुहुन्छ। नभेटिएको, नपठाइएको र अस्वीकार गरिएको — तीनै अवस्थाको जवाफ एउटै हुन्छ।
सुपर एडमिनले तपाईंको साइट दर्ता गरेपछि एउटा कुञ्जी दिन्छ —
lph_live_xxxx.SECRET। गोप्य भाग एकपटक मात्र देखिन्छ; हरामा हेर्न मिल्दैन, हराए नयाँ बनाउनुपर्छ।
हरेक अनुरोधमा यसरी पठाउनुहोस्:
Authorization: Bearer lph_live_xxxx.SECRET
जाँच्न: GET https://lekhapadhihub.com/api/v1/ping
प्रयोगकर्तालाई यहाँ पठाउनुहोस् (ब्राउजरमा):
https://lekhapadhihub.com/nagarik/authorize ?client_id=lph_live_xxxx &redirect_uri=https://yoursite.com/callback &state=<तपाईंको random> &fields=name,address,verified
redirect_uri तपाईंकै दर्ता भएको साइटको https:// ठेगाना हुनुपर्छ।
fields मा मागिने कुरा:
name, mobile, address, dob, gender, citizenship, nin, photo, verified —
व्यक्तिले कुनै हटाउन पनि सक्छन्।
सहमति भएपछि प्रयोगकर्ता ?code=…&state=… सहित फर्कन्छन्।
अस्वीकार भए ?error=access_denied। कोड १० मिनेट मान्य, एकपटक चल्छ। सर्भरबाट साट्नुहोस्:
POST https://lekhapadhihub.com/api/v1/nagarik/token
{ "code": "…" }
→ { "ok": true,
"granted": ["name","address","verified"],
"citizen": { "subject": "…", "name_np": "…", "address": {…}, "registry_verified": true } }
subject नै तपाईंको प्रयोगकर्ता ID हो — यही सम्झनुहोस्।
यो हाम्रो रेकर्ड नम्बर होइन, र हरेक साझेदारका लागि फरक हुन्छ, त्यसैले दुई साइटले मिलाएर एउटै व्यक्ति पत्ता लगाउन सक्दैनन्।
POST https://lekhapadhihub.com/api/v1/directory/invite
{ "by": "mobile" | "citizenship" | "nin",
"identifier": "98XXXXXXXX",
"kind": "staff" | "management",
"post": "कोषाध्यक्ष" }
→ 202 { "request_id": "inv_…", "status": "sent" }
जवाफ सधैँ यही हुन्छ — व्यक्ति भेटियो कि भेटिएन भन्ने यहाँबाट थाहा हुँदैन। निजले स्वीकार गरेपछि:
GET https://lekhapadhihub.com/api/v1/directory/invite/inv_…
→ { "status": "accepted", "person": { "subject": "…", "name_np": "…", "mobile": "…", "address": "…" } }
नस्वीकारेसम्म "status": "pending", ७२ घण्टापछि "expired"।
सबै स्वीकारिएका: GET /api/v1/directory/people।
multipart/form-data मा पुर्जासहित पठाउनुहोस्:
POST https://lekhapadhihub.com/api/v1/property external_id=YOUR-1262 external_url=https://yoursite.com/property/… title=स्युचाटारमा बिक्रीमा घर property_type=house district=काठमाडौं local_body=चन्द्रागिरि ward_no=4 kitta_no=1262 area_unit=ropani area_value=0-4-2-0 price=25000000 owner_name=… contact_name=… contact_phone=98XXXXXXXX purja=@purja.pdf photos[]=@1.jpg
पेश भएपछि "status": "pending"। हाम्रो कार्यालयले पुर्जा हेरेर प्रकाशित गरेपछि
"verified": true हुन्छ, र त्यही बेला सूचना घरजग्गा बजार मा पनि देखिन्छ।
अवस्था सोध्न: GET /api/v1/property/YOUR-1262।
आफ्नो पानामा चिन्ह राख्न एउटै लाइन:
<script src="https://lekhapadhihub.com/badge.js" data-code="GJ-XXXXXX" async></script>
चिन्हको चित्र हाम्रै सर्भरबाट आउँछ — त्यही कारण यो नक्कल गर्न मिल्दैन।
सूचना फिर्ता लिइए चिन्ह आफैँ जाँच हुँदै मा फर्कन्छ। कसैले चिन्ह देखाए
https://lekhapadhihub.com/verify/<कोड> मा गएर आफैँ जाँच्न सकिन्छ।
आफ्नै ढाँचामा देखाउन /badge/<कोड>.json।
कोड नलेखी जोडिने बाटो। कुनै पनि घरजग्गाको पानामा गएर चिन्ह थिच्नुहोस् — शीर्षक, मूल्य, ठाउँ र फोटो पानाबाटै भरिन्छन्; पुर्जा, कित्ता नं. र धनीको नाम तपाईंले हाल्नुहुन्छ। पेश भएपछि कार्यालयले पुर्जा हेर्छ, अनि घरजग्गा बजारमा प्रकाशित हुन्छ र प्रमाणित चिन्ह चल्न थाल्छ।
राख्ने तरिका र डाउनलोडराख्ने तरिका, पहिलो पटक चलाउने बाटो र अड्किएमा के गर्ने — सबै एक्सटेन्सनको पाना मा।
जोडाइ कसरी सुरक्षित छ — एक्सटेन्सन सबैले खोलेर पढ्न मिल्ने कोड हो, त्यसैले त्यसमा कुनै गोप्य कुञ्जी राखिँदैन र पासवर्ड कहिल्यै देखाइँदैन। ब्राउजरले आफ्नै गोप्य अक्षर बनाउँछ, हामीलाई त्यसको hash मात्र पठाउँछ, र ६ अक्षरको कोड देखाउँछ। तपाईं यहीँ, आफ्नै लगइनबाट त्यही कोड हेरेर स्वीकृत गर्नुहुन्छ। कोड मात्र चोर्नेले टोकन पाउँदैन — त्यो ब्राउजरसँग भएको गोप्य अक्षर चाहिन्छ।
जोडिएको ब्राउजरले तपाईंकै नाममा घरजग्गा सूचना पेश गर्न मात्र सक्छ — कागजात, सेवाग्राही, भुक्तानी वा सेटिङ छुन पाउँदैन। प्रोफाइल → ब्राउजर एक्सटेन्सन बाट जहिले पनि हटाउन सकिन्छ, र हटाउनासाथ त्यो ब्राउजर रोकिन्छ।
अनुमति तीनवटा मात्र: activeTab (तपाईंले थिचेको बेला त्यही एउटा पाना),
storage (टोकन यही ब्राउजरमा), र lekhapadhihub.com (पठाउने एउटै ठेगाना)।
429 आउँछ।कुञ्जी लिन सुपर एडमिनलाई सहायता बाट सम्पर्क गर्नुहोस्।