LekhapadhiHub Legal documents made easy
गोपनीयता

ब्राउजर एक्सटेन्सनको गोपनीयता नीति

LekhapadhiHub — घरजग्गा पेश (Chrome / Edge) · अन्तिम अद्यावधिक 2026-11-25

एक वाक्यमा

यो एक्सटेन्सनले तपाईंले चिन्ह थिचेको बेला, त्यही एउटा पाना पढ्छ, र तपाईंले पेश गर्नुहोस् थिचेपछि त्यो विवरण lekhapadhihub.com मा मात्र पठाउँछ। अरू कुनै बेला केही पढ्दैन, र अरू कतै केही पठाउँदैन।

के सङ्कलन हुन्छ

यति नै। ब्राउजिङको इतिहास, तपाईंले हेरेका अरू पाना, कुकी, पासवर्ड वा टाइप गरेका कुरा न पढिन्छ, न पठाइन्छ, न राखिन्छ।

के सङ्कलन हुँदैन

कहाँ राखिन्छ

कसलाई देखिन्छ

पेश भएको सूचना पहिले कार्यालयले हेर्छ। प्रकाशित भएपछि शीर्षक, ठाउँ, क्षेत्रफल, मूल्य, फोटो र सम्पर्क विवरण घरजग्गा बजार मा सबैले देख्छन् — त्यो नै सूचना राख्नुको उद्देश्य हो। पुर्जा भने प्रकाशित हुँदैन। कुनै पनि विवरण कसैलाई बेचिँदैन।

कति समय रहन्छ

सूचना तपाईंले वा कार्यालयले नहटाउन्जेल रहन्छ। हटाइएका अभिलेख रद्दीटोकरीमा जान्छन् र सुपर एडमिनले इमेलको कोडसहित मात्र सधैंका लागि मेट्न सक्छन्। जडान टोकन तपाईंले हटाउनासाथ निष्क्रिय हुन्छ।

तपाईंको अधिकार

अनुमति किन चाहियो

परिवर्तन र सम्पर्क

यो नीति बदलिए यही पानामा मिति सहित देखिनेछ। प्रश्न भए lekhapadhihub@gmail.com मा लेख्नुहोस्।

← एक्सटेन्सनको पाना · नियम तथा सर्तहरू