LekhapadhiHub

यो एक्सटेन्सनले के गर्छ

कुनै पनि घरजग्गाको पानामा गएर माथिको चिन्ह थिच्नुहोस्। पानामा लेखिएका कुरा — शीर्षक, मूल्य, ठाउँ, फोटो — आफैँ भरिन्छन्। पुर्जा, कित्ता नं. र धनीको नाम तपाईंले हाल्नुहुन्छ, किनभने ती पानामा हुँदैनन् र तिनैले सूचना साँचो हो कि होइन भन्ने निर्क्योल गर्छन्। पेश भएपछि कार्यालयले पुर्जा हेर्छ; ठीक भए घरजग्गा बजारमा प्रकाशित हुन्छ र प्रमाणित चिन्ह चल्न थाल्छ।

यसले के-के गर्न पाउँछ

  1. तपाईंले चिन्ह थिचेको पाना मात्र पढ्छ — त्यो पनि थिचेकै बेला। कुनै पनि साइटमा सधैँको पहुँच माग्दैन, र तपाईंले नथिचेका पाना हेर्दैन।
  2. जडान र सम्पर्क विवरण यही ब्राउजरमा राख्छ — हरेक पटक नाम र नम्बर फेरि लेख्नु नपरोस् भनेर।
  3. लेखापढी हबमा मात्र पठाउँछ — अरू कुनै ठेगानामा केही जाँदैन।

पासवर्ड यो एक्सटेन्सनले कहिल्यै देख्दैन। जडान हटाएपछि यसले केही गर्न सक्दैन, र साइटको प्रोफाइल पानाबाट पनि जहिले पनि हटाउन सकिन्छ।

संस्करण

यो एक्सटेन्सनको संस्करण: —।

जडान

हेर्दै…